ज र्‍ नयु र्‍ द्धको बबाल नृत्य || RudNepal

0 Views
Published
ज र्‍ नयु र्‍ द्धकालामा आमन्ने सामन्ने लड्ने दस्ताको नाम हो जनमुक्ति सेना । गीत संगीतको माध्यमबाट जनताका घरघरसम्म पुग्ने अर्को सेनाको नाम हो जनकलाकार । जनताका घरघरसम्म पुगेर जनयुद्धको प्रचार गर्ने यी योद्धाहरुले चौबिसै घण्टा साँस्कृतिक कार्यक्रम प्रस्तुत गर्दथे । उनीहरुका हातमा हामोनीयम, मादल, गीतार, बासुरी र बिशुद्ध प्रतिभा हुन्थ्यो । जनमुक्तिसेना लडाइतीर जादा या आउँदा यी कलाकारहरु उर्जावान नृत्य प्रस्तुत गर्दथे ताकि जसले बम र बारुदसँग खेल्न शक्ति प्रदान गरोस् । अर्कोतीर जनताहरुलाई रातभर नाटक, ओपेरा, प्रहसण, नृत्य देखाउथे । न उनीहरुसँग रात थिए । न अध्यारो, न शत्रुबैरी । जिन्दगीलाई हत्केलामा राखेर गाए, नाचेँ, हिँडे । उनका गीत संगीतमा सुटेका मानिसहरु ब्युझाउने, निराशाको विष पिएका मानिसहरुलाई जीवन दिने शक्ति हुन्थ्यो । आज स्मरणको लागि यो नृत्य । आगोमाथि खेल्ने कलाकारहरु प्रतिरोध साँस्कृतिक परिवारको प्रस्तुती । चिङकाङसाङ हो ।
#Rud_Nepal
#छुटेका_डायरी
Category
नृत्य
Be the first to comment